११ बिद्यार्थी संगठनद्धारा ढकालको रिहाईको माग गर्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर


काठमाडौं, ३१ वैशाख ।
११ बिद्यार्थी संगठनले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको मुद्धा दायर गरेको छ ।
११ बिद्यार्थी संगठनका तर्फबाट मंगलवार गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष बिनोद सुनामले ढकाललाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै रिहा गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
अनामनगरस्थित युनियन हाउसमा वैशाख २७ गते शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर ढकाललाई गिरफ्तार गरेको थियो ।
लामो समयदेखि बिद्यार्थीको हक अधिकार तथा शैक्षिक क्षेत्रमा देखिएका बिकृतिका बिरुद्ध बिद्यार्थी नेताको हैसियतमा क्रियाशिल ढकाल अधिवक्ता समेत हुन् । उनी नेपाल वार एसोसिएसन ललितपुरका कार्यसमिति सदस्य छन् ।

उक्त बन्दी प्रत्यक्षीकरणाकाे रिटमा भाेली बुधवार सुनुवाइ हुनेछ ।

ढकालकाे रिहाइकाे माग गर्दै नेपाल विद्यार्थी संघ, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) , गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), अनेरास्ववियू (पाँचौं), नयाँ शक्ति विद्यार्थी युनियन , अखिल नेपाल विद्यार्थी युनियन, राष्टिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्टवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ आन्दाेलित बनेका छन् ।

यसअघि हिजाे साेमबार नेपाल कम्युनिस्ट पार्टीका  पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’ र ने.क.पा.का निकट रामेछाप जिल्ला जनपरिषद् प्रमुख विवेक लामा भनिने वीरबहादुर माेक्तानकाे रिहाइकाे माग गर्दै बन्दी प्रत्यक्षीकरणाकाे रिट परेकेा थियाे ।

रणावीर यही बैशाख २५ गते बिहान नेपालगन्जको जानकी गाउँपालिका वडा नम्बर ६ गहनापुरबाट गिरफ्तार परेका थिए भने माेक्तान २९ गते काठमाडाैंबाट गिरफ्तार परेका थिए ।

नेता बमलाई कोहलपुर इलाका प्रहरी कार्यालयमा राखिएको छ । नेता बम कालिकोट जिल्ला रास्कोटका स्थायी बासिन्दा हुन् । नेता बममाथि संगठित अपराध र राजद्रोहको अभियोग लगाइएको छ । भने रामेछापको खाँडादेवी घर भएका विवेक भक्तपुरको सूर्यविनायकमा कोठा लिई बस्दै आएका माेक्तानलाइ महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ ।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार