नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क बृद्धि


काठमाडौं, ३० वैशाख ।
नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क साढे चार अर्ब बृद्धि भएको छ । इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ अर्ब १९ करोड ९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको हो ।
यसलाई हेर्दा समीक्षा अवधिमा इन्स्योरेन्सले ४ अर्ब ४९ करोड ५२ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बृद्धि गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ६९ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्स जीबन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै चुक्ता पूँजी रहेको कम्पनि हो । इन्स्योरेन्सले चैत मसान्तसम्ममा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो। कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३ करोड १४ लाख रुपैयाँले बढेको हो ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया