शताब्दी पुरुष तथा संस्कृतिवद् सत्यमोहन जोशी एक सय वर्षमा


काठमाडौं, ३० वैशाख । शताब्दी पुरुष तथा संस्कृतिवद् सत्यमोहन जोशी आजबाट एक सय वर्षमा प्रवेश गर्नुभएको छ ।
दीर्घजीवी जोशीको ललितपुरस्थित निवासमा सोमबार बिहानै देखि राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म उहाँलाई शुभकामना दिन र आशिर्वाद लिनेकाे भिडभाड थियाे ।

जन्मोत्सवका अवसरमा राष्ट्रपति भण्डारीले उहाँकै निवास पाटनमा शुभकामना सन्देश पठाउँदै नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याउनु भएको योगदानको पनि उच्च प्रशंसा गर्नुभएको थियो । सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उहाँले पु¥याउनु भएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ

जन्मोत्सवमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना समेत गर्याे । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक र्पुयाइएकोे छ । जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा नै दियाे ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter