२०७६ वैशाख ३० गते सोमबारकाे राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बिभिन्न बिलाशी बस्तु तथा भौतिक सम्पति हात लागी हुँने योग रहेकोछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममको डोरो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । चिठ्ठा तथा लट्री पर्ने प्रशस्त सम्भावना रहेकोछ । सन्तान तथा आफन्तको प्रगतिमा मन रमाउँनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त, साथिभाई तथा घर परिवारका मानिस सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । राजनितिमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा रमाईलो महशुष हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा चुनौतिहरुको सामना गर्न जोस जागर बढेर आउँनेछ ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया