कुलेखानी तेस्रोको संरचना तथा उपकरणको परीक्षण जेठ दोस्रो साता पूरा हुने


काठमाडौं, ३० वैशाख । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण जेठ दोस्रो साता पूरा हुने भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो।

आयोजनाको विद्युत्गृहका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण १५ दिनभित्र सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीले जनाएपछि प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आइतबार नै समाधान गरिदिएको छ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ। ‘विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान करिबकरिब सम्पन्न भइसकेको छ। अहिले उपकरणको ड्राई टेस्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरण परीक्षण भरहेकाे घिसिङले बताए ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार