पत्रकार महर्जनको मुद्धा र गिरफ्तारी सिंगो पत्रकारिता जगतमाथी बन्देज लगाउन सक्ने संकेतः जनपत्रकार संगठन


काठमाडौं, ९ वैशाख ।
सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई पुन गिरफ्तार गरेकोप्रति जनपत्रकार संगठन नेपालले आपत्ति जनाएको छ ।
नेपाल भाषाको पत्रिका ‘न्हूगु ज्वजलपा वाःपौं’का प्रधानसम्पादक तथा जनपत्रकार संगठन काठमाण्डौंका संयोजक महर्जनलाई बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो ।
तर, अदालतको आदेशको अवहेलना गर्दै प्रहरीले संयोजक महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै फक्राउ गरेको जनपत्रकार संगठनले जनाएको छ ।
सर्वोच्च अदालतले निर्दोष ठरह गर्दै आदेशको रिहा गरेपनि प्रहरीले पुनःपक्राउ गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको जनपत्रकार संगठनको निष्कर्ष छ ।
अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय विचार र आस्थाकै कारण सरकारले जनपत्रकार संगठनका सदस्यहरुमाथी धरपकड बढाएको भन्दै यसलाई सरकारको निरङकुश शैली भएको टिप्पणी गरिएको हो ।
पत्रकार महर्जनको मुद्धा र गिरफ्तारी प्रेस स्वतन्त्रताका लागि ठाडो हस्तक्षेपमात्र नभई सिंगो पत्रकारिता जगतमाथी बन्देज लगाउन सक्ने खतरापूर्ण संकेत हो ।
विज्ञप्तिमा भनिएको छ,‘जनपत्रकार संगठनका सदस्यहरुमाथी गरेको धरपकडको घटनाक्रमले नेपालमा लोकतन्त्र स्थापनार्थ नेपाली मिडियाले खेलेको भूमिकालाई वेवास्था मात्रै गरिएको छैन जनपत्रकारिताको आवाजलाई दबाउने प्रयास समेत गरिएको छ ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter