१४ जना विदेशी पर्यटक बाेकेकाे तारा एरलाइन्सको जहाज धावनमार्गबाट चिप्लियाे


बैशाख ९, काठमाडौ ।

सोलुखुम्बुको फाप्लुबाट रामेछाप आएको  तारा यएरलाइन्सको जहाज ल्यान्ड गर्ने क्रममा सोमबार विहान दुर्घटना भएको छ । तारा एयरको नाएन एनएकेके डोर्निययर विमान रामेछापमा दुर्घटना भएको हाे । काठमाडौं–थाप्लु उडानमा रहेको सो विमान मौसम खराब भएपछि रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा दुर्घटना भयाे ।

काठमाण्डौबाट १४ जना विदेशी पर्यटक यात्रु बोकेर सोलुखुम्बुको फाप्लुतर्फ जाँदै गरेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्निएर जहाज मौसम खराबको कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थलमा अवतरणको लागि फर्किएको थियो । अवतरणको क्रममा धानवमार्गबाट विमान दायाँतर्फ चिप्लिएर दुर्घटना भएपनि कुनै मानवीय क्षति भएको छैन । विमानमा सवार १४ विदेशीसहित ३ चालक दलका सदस्य सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले जानकरी दिए ।

विमानको अगाडिको चक्कामा क्षति पुगेको छ ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter