उदयपुरमा जिप दुर्घटनाः एककाे मृत्यु, तीन जना घाइते


उदयपुर, ९ वैशाख । । सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयाम जाँदै  जिप उदयपुरको बेलका नगरपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को. १ ज १६१५ नम्बरको जिप दुर्घटना हुँदा बेलका नगरपालिका–७ मैनामैनीका मनोज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । बेलका–७ मैनामैनीका अम्बर राई र बेलका–८ की चरकुमारी राईको अवस्था गम्भीर छ ।

पिपलकुमारी राई भने सामान्य घाइते भएकी छिन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter