नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप्याे


काठमाडाैं ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाण्डौ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ ९मे १ देखि काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान गर्दै आएको छ ।

यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमले जनाएकाे छ । यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान गर्दै आएको छ भने अन्य आठ देशमा पनि अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार