१ करोड ६५ लाखकाे जहाज चार्टर्ड गरेर राष्ट्रपति चीन भ्रमणमा जादैँ


काठमाडौं, ९ वैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ ।

निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो १ सय ५८ सिटे जहाज हो । ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको जानकारी निगमका सहप्रवक्ता नवराज कोइरालाले दिए ।

तीनदिने चार्टर्ड उडानको लागि लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिएको खबर दिवाकर पन्तको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिक मा प्रकाशित छ ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter