नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष, जुटभन्दा धेरै फुटको इतिहास !


काठमाडौं, ९ वैशाख । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । ७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए ।

५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो। भनिन्छ- ७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो। कम्युनिष्टहरू पहिलो पटक २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुटेकाे इतिहास त्रिभुवन विश्वविद्यालयमा इतिहासका प्राध्यापक सुरेन्द्र केसी सुनाउछन् ।

यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई भव्य रुपमा मनाउने तयारी गरिएको नेकपाले जनाएको छ । काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

यस्तै आजै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ ।

यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले टुंगो लगाएका नाम आज सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अवको केही दिनमा पोलिटव्यूरो गठन गरी सवै केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पोलिटव्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ ।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter