ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई कुनै हालतमा छाडिन्नः बास्काेटा


भैरहवा, वैशाख ३ । सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई कुनै हालतमा नछाड्ने बताए ।

उनले बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउने जो कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिए । रुपन्देहीको मणिग्राममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले सरकारी जग्गा किर्ते गर्नेलाई नछाड्ने चेतावनी दिए ।

उनले सरकारी जग्गा दुरुपयोग गर्नेहरुको पद, दल वा विचारमा नझुक्ने भन्दै त्यता व्यक्तिलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाए । यसअघि आफुले नेकपा महासचिव बिष्णु पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्छ भनेर दिएको अभिव्यक्ति बंग्याइएको अाराेप लगाए ।

मङ्ल, बैशाख ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया