आगामी निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्छः देउवा


कञ्चनपुर, वैशाख ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेपार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

कञ्चनपुर कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्र देखिएको मतभिन्नता समाधान गर्न सबै नेताहरु लाग्नु पर्ने बताए । उनले पार्टी एकताको शुरुवात कार्यकर्ता तहमा कञ्चनपुरबाटै हुनुपर्नेमा जोड दिए ।

पार्टी एक भएर गए कसैले पनि कमजोर बनाउन नसक्ने भन्दै उनले आगामी निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने दाबीसमेत गरे ।

मङ्ल, बैशाख ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार