नवलपरासीमा भारतले एकतर्फी नाला सफाइ गर्न थालेपछि स्थानीयको अवरोध


रबिन्द्र यादव/ नवलपरासी पश्चिम, ३ बैशाख। 

भारतले मनोमानी रुपमा नेपाल भुमिको जग्गा मिचेर धोबाहा (कंगली) नालाको सफाइ गर्न थालेपछि नवलपरासी पश्चिमका किसानहरु आन्दोलित भएर भारतीय ठेकेदारको काम रोकेका छन । भारतले गण्डकमा मानमानी र एकतर्फी रूपमा गर्न थालेको काम नवलपरासी पश्चिमका स्थानीयवासीहरुले रोकेका हुन ।

भारतीय ठेकेदारद्वारा धोबाहा नालामा सफाइको कामको लागि लगाइएको भारतीय एक्साभेटर प्रतापपुर गाउंपालिका वडा नं ६ कठहवाका स्थानीयवासीले आइतवार देखि रोकेर काम ठप्प पारेका छन । प्रतापपुर गाउंपालिकाको वडा नं. ६ कठहवा स्थित धोबाहा (कंगली) नालामा कामको स्टिमेट र सहमति नै तयार नगरेर स्थानीयवासीको नीजि जग्गामा भारतीय एक्साभेटरको प्रयोग गरिएको अवस्थामा स्थानीयको आक्रोसित भएका छन् ।

स्थानीय किसानहरुले थाहा पाएपछि त्यहा पुगेर एक्साभेटर मेशिन रोकेर काम अवरुद्ध पारेका छन् । बिना अनुमति तथा सहमति जथाभावी नाला खन्दा किसानको जग्गा खनिएको पिडीत किसानहरुको आरोप छ । किसानको लालपुर्जाको जग्गामा नाखा खन्न वा कुनै पनि भारतीय संरचना बनाउन नेपाल सरकारको सहमति हुनुपर्ने हो ।

बाढी सुरक्षाको लागि तटबन्ध बनाउनु पर्ने, किसानले मुवाजा पाउनु पर्ने, किसानको जग्गाको क्षातिपुर्ति दिनुपर्ने हो तर त्यसो नगरेर एकाएक रूपमा नाला र जग्गा खन्न थालिएपछि स्थानियबासीले विभिन्न ५ बुंदे माग राखी आन्दोलित भएको स्थानीय रामेश्वर कुशवाहाले जानकारी दिएका छन ।

चोर्निया खोलाको पानी प्राकृतिक रूपमा बर्षौ देखि निकास हुदै आएको धोबहा खोलामा बिना सहमति भारतीय ठेकेदारले नाला खन्न थालेपछि आक्रोसित स्थानीय एक्साभेटर रोकेका हुन् ।

मङ्ल, बैशाख ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया