उत्तरी धादिङबाट ३० नाल भरुवा बरामद


धादिङ, २ वैशाख । प्रहरीले उत्तरी धादिङस्थित रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ३० नाल भरुवा बरामद गरिएको छ।  प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोलीले  रुवीभ्याली गाउँपालिकाबाट १० नाल, खनियाबास गाउँपालिकाबाट १६ नाल र गंगाजमुना गाउँपालिकाबाट ४ नाल बन्दुक बरामत गरेकाे हाे ।

गाउँ–गाउँमा राखिएका अवैधानिक हातहतियार र भरुवा बन्दुक सुरक्षा निकायलाई बुझाउनको लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ।अवैध हातहतियार र खरखजाना बुझाउने सम्बन्धी मन्त्रिपरिषद्ले गत फागुन २८ गते निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गतेबाट हातहतियार बुझाउने ३५ दिने सूचना जारी गरेको थियो।

संकलन गरिएका बन्दुकमध्ये धेरैजसो बन्दुकहरु हाल प्रयोग गरिरहेको अवस्थामै रहेको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले बताए।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया