त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अबैध नगद सहित २ जना पक्राउ


काठमाण्डौ, २ बैशाख

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट साेमबार अबैध नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहान ८ बजे कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट US डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार  र  Aakuv Stecki को साथबाट US डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ ।

त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter