पत्रकार जितेन्द्र महर्जनलाई तीन दिनभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश


काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतले पत्रकार जितेन्द्र महर्जनलाई तीन दिनभित्र उपस्थिति गराउन आदेश दिएको छ । सोमवार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो ।
जनपत्रकार संगठन नेपालका काठमाडौं संयोजक महर्जनको रिहाईको माग गर्दै दायर वन्दीप्रत्यक्षीकरणको मुद्धामा सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गिरफ्तार गर्नुको लिखितजवाफसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको छ । महर्जनको तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्ति ढुङ्गाना, चुडाबहादुर तिवारीलगायतले बहस गरेका थिए ।
महर्जन नेपाल भाषाको पत्रिका न्हुगु ज्वजोलोप्पाका प्रधानसम्पादक हुन् । उनलाई प्रहरीले गत चैत्र २८ गते गिरफ्तार गरेको थियो ।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार