प्रधानमन्त्रीको भाषण आउँदा बालबालिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आयोः कांग्रेस


काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति बाल मनोविज्ञानमा असर पार्ने खालको भएको भन्दै आपत्ति जनाएको छ ।
सोमबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भाषण वृद्धवृद्धालाई मनोरन्जन दिने भएपनि बालबालिकाहरुलाई नकारात्मक असर पार्ने बताए ।
उनले प्रधानमन्त्रीको अभिब्यक्तिले बालवालीकालाई असर गरेको भन्दै नकारात्मक सोच र शैलीबाट बचाउनुपर्ने स्थित आएको बताए । प्रवक्ता शर्माले प्रधानमन्त्रीको भाषण आउँदा बालबालिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको भन्दै उनलाई जिम्मेवार बोली र व्यवहार गर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेकपा अध्यक्षसमेत रहेका ओलीले कांग्रेसविरुद्ध अरिंगाल बनेर जाइलाग्न निर्देशन दिएपनि नेकपा कार्यकर्ता संयमित भएको भन्दै खुसी व्यक्त गरे ।आइतबार राजधानीमा ‘खोलौं बैंक खाता अभियान’ सुरु गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसप्रति लक्षित गरी ‘नन्दी–भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछ’ भन्दै कटाक्ष गरेका थिए ।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार