भत्केकोपाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयबासी आन्दोलित


२ वैशाख, भक्तपुर । भत्केकोपाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।उक्त सडक दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने हो।तर अहिलेसम्म निर्माण सम्पन्न नभए पछि  २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर स्थानीयबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ्ग कन्सट्रक्सनले पाएको छ । तर, सात वर्ष पुगिसक्दा पनि काम सकिएको छैन । शैलुङ्ग कन्सट्रक्सनका प्रोपाइटर शारदा अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरभेटीसमेत हुन् ।

निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी समस्यामा पर्दै आएका छन् ।

सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ ।

सोम, बैशाख २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया