सरकारले आफूलाई अनुकूल हुने तथ्याङ्कमात्र प्रस्तुत गर्याे : नेता पाण्डे


काठमाडौँ, १० चैत।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेता सुरेन्द्रराज पाण्डेले सरकारले आफूलाई अनुकूल हुने तथ्याङ्कमात्र प्रस्तुत गरेको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन बढेको तथ्याङ्क प्रस्तुत गरेर कुल गार्हस्थ उत्पादनको वास्तविकता सार्वजनिक नगरेको टिप्पणी गर्नुभयो ।

“सरकारले आफ्नो कार्यकालमा गरेका उपलब्धिको सही तथ्याङ्क प्रस्तुत गरोस्, अघिका तथ्याङ्क ल्याएर उपलब्धि देखाउने नहोस्, विसं २०४६ सम्मको उपलब्धि र त्यसपछिको तथ्याङ्कको सही विश्लेषण हुनुपर्छ”, नेता पाण्डेले भन्नुभयो । एक वर्षको संसदीय गतिविधिमा सरकारको छायाँ बन्न पुगेका आरोप लगाउँदै उहाँले संसदीय सर्वोच्चताको सम्मान गर्न अनुरोध गर्नुभयो ।

बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रमिला कुमारीले देशमा पृथकीकरण र केन्द्रीकरणको खतरा बढेको बताउँदै संविधान संशोधनको मुद्दामा सम्झौता गरी सरकारमा गएपनि कार्यान्वयन नभएकाप्रति असहमति प्रकट गर्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका सांसद रमेशकुमार यादवले तराई–मेधशमा भएको आन्दोलनको छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।

(याे समाचारमा यसअघि प्रकाशित फाेटाे भुलबस गलत पर्न गएकाेले क्षमा माग्दै सच्याएका छाैः सम्पादक)

आइत, चैत्र १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter