ने.क.पा.का नेता सुदर्शनसहित नौ जनालाई ८ दिन म्याद थप, सुरक्षामा कडाई


ललितपुर, १० चैत ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का स्थायी समिति सदस्य एवं मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित नौ जनलाई आइतबार ललितपुर जिल्ला अदालतले ८ दिन म्याद थप गरेको छ ।

अनुसन्धानका लागि १५ दिन म्याद माग गरिएकोमा ८ दिन थप गरेको हो । सबै जनालाई आज अपरान्ह पौने २ बजे अदालतमा पुर्याएको थियो । शुक्रबार राति ४ बजे काभ्रेबाट गिरफ्तार नेता सुदर्शनसहित नौ जनालाई जनतासँग नियमित राजनीतिक भेटघाटका क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । उपस्थित गराइएको उपस्थितिका लागि हत्कडी लगाएर ल्याएका टोलीमा नेताहरु शंकर अधिकारी, विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, देव घिमिरे, लोकेन्द्र खड्का, सञ्जीव कार्की, ललित तामा, गाडी चालक धर्मराज राजवाहक छन् ।

उनीहरू सबैजनाविरुद्ध संगठित अपराधमा विष्फोट, हातहतियार तथा खरखजाना अभियोग लगाइएको छ । उनीहरुलाई ललितपुर प्रहरी परिसरमा फिर्ता लगिएको छ । न्यायाधिश चुरामन खड्काको इजलासले म्याद थप गरेको हो ।

नेता सुदर्शन लगायत अभियुक्तहरुलाई ल्याउनुअघि एकघण्टादेखि अदालत परिसरमा सुरक्षा चेकजाँच कडा बनाइएको थियो । सादा पोशाकका दर्जनौं प्रहरी त्यहाँ खटाइएको थियो ।

अभियुक्तहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता राजु अधिकारीलगायतले बहसमा भाग लिएका थिए । जिम्मेवार राजनीतिक पार्टीलाई बिनाकानून मन्त्रिपषिद्को निर्णयको भरमा संगठित अपराध घोषणा गर्ने र प्रतिबन्ध लगाउन नमिल्ने बहसका क्रममा उनीहरुले जिकिर गरेका छन् ।

कुनै निजी कम्पनी वा व्यक्तिको निजी जीवनमाथि असर पुर्याउने कसुर गरेको भए त्यससम्बन्धी अलग्गै ऐन कानून रहेको भन्दै अन्तर्राष्टिय स्तरका अपराधीलाई झैं व्यवहार गर्नु कानूनविपरीत हुने जिकिर वकिलहरुले गर्दै आएका छन् । सबैजनाविरुद्ध गत फागुन १० गते साँझ ७२ अर्ब रुपैयाँ लाभकर छलेको आरोप झेलिरहेको नीजी क्षेत्रका मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको ललितपुरको नख्खुमा रहेको कार्यालयमा बम विष्फोट र त्यसमा परी एक जनाको ज्यान गएको घटनाबारे अभियोग लगाइएको छ ।

ने.क.पा.का स्कूलि विभागका प्रमुख समेत रहेका नेता सुदर्शन माक्र्सवाद लेनिनवाद र माओवाद दर्शनका प्रखर अध्येता र वक्ता हुन् । जनयुद्धकाल समेत केन्द्रीय तहमा रहेर सफलतापूर्वक जिम्मेवारी निभाइसकेका नेता हुन् उनी ।

यसअघि चैत्र १ गते ललितपुरबाट गिरफ्तार परेका न.क.पा.का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लाई राजद्रोहको अभियोगमा काठमाडौंको टेकुस्थित प्रहरी परिसरको हिरासतमा राख्दै आएको छ ।

आइत, चैत्र १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया