विप्लव नेकपाका नेता पक्राउकाे बिराेध गर्दै वैद्यले भने -सरकारको फाँसीवादी व्यवहार निन्दनीय


काठमाडौं, ९ चैत ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) ले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्यले शनिबार साँझ  विज्ञप्ति जारी गरी ओलीसहितका नेताहरूकाे गिरफ्तारीप्रति आपत्ति जनाउनु भएकाे हाे ।

बिज्ञप्तीमा सरकारले हालै ओलीसहित नाै जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।

साथै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र ने.क.पा.सँग राजनीति व्यवहार गरेर समस्याको समाधान समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा अन्त्यमा भनिएको छ – ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’

शनि, चैत्र ९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया