पूर्वी कमाण्डमा अभियान –२ को समीक्षा कार्यक्रम सम्पन्न, अर्को अभियान तत्काल सुरु हुने


सिन्धुली, ९ चैत । नेपाल कम्युनिस्ट पार्टीले ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान–२’ पूर्वी कमाण्ड प्रथम द्वैमासिक समीक्षा तथा बिदाई कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
माघ १ गतेदेखि सन्चालन भएको अभियान दुई महिनासम्म चलेको थियो । यही चैत ८ गते जनकपुर ब्युरो अन्तरगत सिरहामा समिक्षा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।उक्त समीक्षा कार्यक्रमको प्रमुख अथिति पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले ‘अभियान–२’ले पूर्वी कमाण्डको सङ्गठन विस्तार र सुदृढीकरणलाई एक स्तरमा माथि उठाएको र एकीकृत जनक्रान्तिकार्यदिशालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा पार्टीकी पोलिटब्यूरो सदस्य (पीवीएम) एवं जनकपुर ब्युरोअन्तर्गत अभियानकी कमाण्डर उमा भुजेल ‘शिलु’ले अभियानले पार्टीलाई जनताको तल्लो स्तरसम्म स्थापित गरेको बताएकि थिइन् । उनले कार्यदिशाजन स्तरमा स्थापित गरेको र आन्तरिक पङ्क्तिलाई सुदृढ तथा रुपान्तरण गरेको धारणा राखेको एक सहभागीले बताए । अभियानकी कमाण्डर नेतृ शिलुका अनुसार–अभियान टोलीमा ८५ जनाकार्यकर्ता परिचालन, टोलीको आवधिक समीक्षा ७ वटा, २ हजार ५ सय ७० जनालाई सदस्यता वितरण, जन वर्गीय सङ्गठन निर्माण २ सय ६१ वटा, पार्टी सेल समिति निर्माण २७ वटा, नारा लेखन (वालिङ) १ हजार ११ स्थानमा, ३ सय ७५ वटा पिंढी तथा कोणसभा सम्पन्न गरेको रिपोर्ट प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै पार्टीको अपीलवितरण १३ हजार ५ सयप्रति, पूर्णकालीन कार्यकर्ता उत्पादन १४ जना, जनश्रमदान ८ वटा, उत्पादनकार्यमा रु. १ लाख २० हजार, रातोखबर वितरण४ सयप्रति, माक्र्सवादी साहित्यवितरण ४५ हजार रुपैया बराबर र रातो सुखानी मासिक १ सय प्रति उक्त रिपोर्टमा छ ।

उता मेची ब्युरोमा सामना परिवारसहित ८४ जना कार्यकर्ता परिचालन, श्रमदान २ वटा, पार्टीको अपीलवितरण ५ हजारप्रति, नारा लेखन (वालिङ) १ सय स्थानमा, साँस्कृतिक कार्यक्रम १९ स्थानमा, पिंढीसभा–कोणसभा २२ वटा, सङ्गठन निर्माण १ सय ४४ वटा, पार्टी सेल समिति निर्माण १० वटा, पूर्णकालीन कार्यकर्ता उत्पादन २ जना, युवा कार्यकर्ता उत्पादन ८ जना, आवधिक समीक्षा ५ वटा, रातोखबर वितरण २ सय प्रति, रातो सुखानी मासिक वितरण २ सयप्रति, जनसभा ८ ठाउँमा भएको जानकारी अभियान टोली प्रमुख तथा पीवीएम निर्माणले उक्त समिक्षा बैठकमा जानकारी गराएको बताइएको छ ।

कोशी ब्युरोमा ६१ जना कार्यकर्ता अभियानमा क्रियाशील रहेको जनाइएको छ भने सङ्गठन निर्माण १ सय ४४ वटा, पूर्णकालीन कार्यकर्ता उत्पादन २ जना, पार्टीको अपिल पर्चा वितरण ५ हजारप्रति, नारा लेखन (वालिङ) १ सय स्थानमा, साँस्कृतिक सभा १८ स्थानमा, पिंढी तथा कोणसभा १ सय १५ स्थानमा, आवधिक समीक्षा ४ वटा, रातो खबर वितरण २ सय प्रति, रातो सुखानी वितरण २ सय प्रति, जनसभा १२ स्थानमा भएको अभियान टोली प्रमुख आधारले बताए ।

सगरमाथा ब्युरोमा पनि अभियान सम्पन्न

सगरमाथा ब्युरोमा पनि अभियान भब्य रुपले सम्पन्न भएको सो पार्टीले जनाएको छ । अभियानको क्रममा सरकारले २५ जना कार्यकर्ता तथा अभियान टोली सदस्यलाई गिरफ्तार गरेर झुठ्ठा मुद्दा लगाएको अभियान पमुख सन्जीवले जानकारी दिए ।

कमाण्ड स्तरीय समीक्षाकार्यक्रम सम्पन्न गर्नुअघि चारवटै ब्युरोहरुमा दुई महिने समीक्षा तथा अभियान समापन कार्यक्रम सम्पन्न भएको नेकपाले जनाएको छ ।

चैत ४ गते चुलाचुली–६, फुङ्नाम, इलाममा मेची ब्युरोको समापन भएको  सो पार्टीका नेता तारा थापाले जानकारी दिए।  प्रहरीले फुङ्नाममा स्थानीय जनताको ३ वटा मोटरसाइकल नेकपा का कार्यकर्ताको भनेर लगेको तर त्यो स्थानियको रहेको  पनि उनले बताए ।

त्यसैगरी कोशी ब्युरोको समीक्षा तथा समापन कार्यक्रम यही चैत्र ३ मा मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ मा सम्पन्न भएको बताइएको छ ।

उता चैत ३ गते जनकपुर ब्युरोको समीक्षा तथा बिदाइ कार्यक्रम सम्पन्न भएको जानकारी अभियानटोली कमाण्डर तथा पीवीएम उमा भुजेल ‘शिलु’ ले दिएकी छन् ।पूर्वी कमाण्डको समीक्षा तथा बिदाई कार्यक्रममा केन्द्रीय सदस्यहरु आधार, निर्मल, देवनारायण र वरिष्ठ ब्युरो सदस्यहरु तारा तथा पुस्करको उपस्थिति रहेको बताइएको छ ।

अर्को थप दुई महिने अभियान तत्काल सुरु हुने पनि नेकपाको पूर्वीकमाण्डले जानकारी दिएको छ ।

शनि, चैत्र ९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया