पढेकै महिला बेचिने गरेका छन् :प्रदेश प्रमुख अनुराधा कोइराला


ललितपुर, चैत ८ । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले अबको शिक्षा पढ्ने मात्र नभइ व्यवहारमा उतार्न पर्ने हुनुपर्ने बाताएकी छिन । पछिल्लो दिन नेपालमा राम्रो पढेका ब्यक्तिहरु समेत विभिन्न बाहनामा बिदेशतिर आकर्षित भएको भन्दै उनले नेपालमै बसेर केही गरौ भन्ने भावनाको विकास गराउन अबको शिक्षा प्रयोगात्मक हुन आवश्यक रहेको बताएकि हुन ।

शुक्रबार तेर्हौ विश्व सामाजिक सेवा दिवसको अवसरमा एम्स इन्टरनेशनल कलेज, लगनखेलद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कोइरालाले नेपालमै बसेर केही गर्न युवा पङ्तीलाई आग्रह गरिन ।”पढ्ने मात्रै होइन त्यसलाइ व्यबहारमा उतार्न पर्यो, नेपालमै केही काम गर्यो भने यहि सफल बनिन्छ । ” उनले भनिन-“नेपालकै लागि केही गरौ, नेपाल्मै बसौ । देश परिवर्तन चेतनाले हुने हो, यहि बसेर केही गरौ ।”
 
प्रदेश प्रमुख कोईरालाले पछिल्लो चरण पढेकै महिला बेचिने गरेको गुनासो गरिन । उनले भनिन- “हामीले कतिधेरै जनचेतना जगाएका छौ तै पनि पढेलेखेका महिला नै पछिल्लो दिन विभिन्न नाममा बेचिएका खबर सुन्नु पर्दा साह्रै दुख लाग्छ, यसको कारण भनेको तत्काल पैसा कमाउने लहड देखासिखी हो ।”
विद्यार्थीहरु खाजा खान जाने नाममा पनि युवा युवतीमा नराम्रो व्यवहार देखिएको र अब त्यसलाई अनुगमन गरेर कडाइ गर्नुपर्ने कोइरालाको भनाइ छ ।
महिलामाथी हुने गरेको हिंसा, बेचबिखन रोक्ने उपायबारे उनले भनिन-” सजिलै पाइयो भनेर कतैपनि नजानु, पढेर मात्रै हुँदैन मुख्य कुरा लोभ त्याग्नुपर्यो, रातारात धनि बन्ने चाहनाले जीवन नै वर्वाद पार्न सक्छ होसियारी अपनाउन अनुरोध ।”
मोवाइलबाटै सेटिङ मिलाइन्छ
प्रदेश प्रमुख कोईरालाले मोवाइल फोनको प्रयोग बढेसङै यसैबाट महिला बेचबिखन गराउने दलालले सेटिङ मिलाउने गरेको बताइन । विभिन्न जिल्लामा अनुगमन जादा आफुले त्यस्तो देखेको उनको भनाइ छ ।
मोबाइलमा इमो मार्फद दलालले महिलालाई भेट्ने, प्रभावित पार्ने र पछि वेश्याबृत्तिमा लगाउने, बेच्न विभिन्न मुलुक लैजाने गरेको उनले बताइन ।
सबै एकजुट भएमा मानव बेचबिखन मुलुक बनाउन सक्ने उनले बताइन । विश्वबिद्यालयलाइ सुझाव दिदै कोइरालाले पैसा केही होइन, बिजिनेश पर्सन बनाउन सिकाउनुस भन्ने सुझाव दिइन ।
कार्यक्रममा समाजसेवी रामजी अधिकारीलाई समानित गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय सोसिएल वर्क बिभागका डिन शिबराज भुषालले समाजलाई केही गर्नुपर्छ भन्दै सामाजिक कार्यका सैद्धान्तिक ब्यबहारिक बनाउन लागि परेको बताए । समाजलाई पुनःजागरण गराउनको लागी, योग्य समाजसेवी आवश्यक हुने भएर त्रिभुवन विश्वविद्यालयले सोसिएल वर्क विषयलाई प्राथमिकता दिएको भुषालले बताए । “जब कमाएका कुरा अरुलाइ दिन सक्छौ तब मात्र महत्व हुन्छ”- उनले भने ।
कार्यक्रममा प्याप्सनका सह अध्यक्ष डिके ढुंगानाले अहिलेको समाजमा सोसिएल वर्कको महत्व झन धेरै रहेको बताए ।
शिक्षामा सस्कार विकाश गरौ, समाज परिवर्तन आफै हुन्छ ढुंगानाले भने ।कार्यक्रममा विभिन्न संघ सस्थालाइ सम्मानित गरिएको थियो ।

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter