पत्रकार विकलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडाे हस्तक्षेपः पत्रकार महासंघ


चैत ७, कालिकोट । नेपाल पत्रकार महासंघले कालिकाेटका पत्रकार कर्ण विश्वकर्मलाइ प्रहरीले गिरफ्तार गरेकेा प्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।महासंघका महासचिव रमेश विष्टले बिहिवार बिज्ञप्ती जारी गरी  कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकषर्ण भएकाे जनाएका हुन् ।

बिहिवार प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो । महासंघले कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य भएकाे भन्दै पत्रकार पक्राउकाे कडा शब्दमा निन्दा गरेकेा छ ।

महासचिव विष्टद्वारा जारी बिज्ञप्तीमा भनिएकाे छ, महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

यसअघि जनपत्रकार संगठनले पनि बिज्ञप्ती जारी गर्दै पत्रकार विककाे रिहाइकाे माग गरेकाे छ । विश्वकर्मा विप्लव निकट जनपत्रकार संगठन नेपाल कालिकाेटका जिल्ला संयाेजक पनि हुन् ।

आस्थाकै आधारमा उनलाइ रेडियाेकाे स्टुडियोमै प्रहरी प्रवेश गरेर पक्राउ गरेकाे उक्त संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् । विगत लामाे समयदेखि पत्रकारितामा सक्रिय उनी कालिकाेट रास्कोट नगरपालिका-९, फुकोट निवासी हुन् ।

संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्दार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले दुख प्रकट गरेको छ ।वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति निरन्तर असहिष्णु तथा अनुदार बन्दै आएको र संयोजक वि.क.को गिरफ्तारी पनि यसैको निरन्तरता हो भन्ने हाम्रो संगठनको ठहर छ । विज्ञप्तिमा भनिएको छ ।
संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी वर्तमान सरकारले देखाएको यो रवैया खेदजनक छ । विचार,आस्था र प्रेसतथाअभिव्यक्ति स्वतन्त्रताको हननहुने गरी संयोजक वि.क.लाई प्रहरीलेप्रतिशोधपूर्ण तरिकालेगिरफ्तार गरेको संगठनको निस्कर्ष छ । तसर्थ,निर्वाधरुपमा प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने, स्वतन्त्रपूर्वक समाचार संकलन, लेखन, प्रकाशनतथा प्रसारण गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सरकारलाई हामी आग्रह गर्दछौं । गिरफ्तार श्रृंखला रोक्न साथै गिरफ्तार वि.क.लाई बिना सर्त स–सम्मान रिहा गर्न जोडदार माग गर्दछौं । विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी जनपत्रकार संगठन नेपाल भेरी कर्णाली समन्वय समितीले पनि पत्रकार गिरफ्तारिमा आफ्नाे गम्भीर ध्यान आकर्षण भएको बताएकाे छ । समितीका संयाेजक टीका केसीले विज्ञप्ती जारी गर्दै सरकारले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको घाँटी नमोठिएको बताएकी छन् ।

विज्ञप्तीमा भनिएकाे छ- “पत्रकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठीत गर्ने र कुनै विचारमा आस्तावान पत्रकारलाई त्रसित बनाउने सरकारको रबैयाको हामी घोर भ्रत्सर्ना गर्दछौँ । नेपालमा राजाले पत्रकारमाथी लगाएको कुरुर शासन व्यवस्था फालेर हामीले ल्याएको लोकतान्त्रिक गनतन्त्र व्यवस्थाको धज्वी उडाउदै अहिलेको दुईतिहाइ सरकारले त्यसभन्दा पनि कठोर शासन लाद्न खोज्दै छ ।”

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया