किरण चेम्जाेङको उत्कृष्ट प्रदर्शनमा मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई बराबरीमा राेक्याे


काठमाडाैं, ७ चैत । किपर किरण चेम्जाेङको उत्कृष्ट बचाउमा मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई बराबरीमा राेकेकाे छ ।अल सहबाब रंगशालामा भएकाे खेलमा नेपालले  कुवेतलाई  गाेलरहित बराबरीमा राेकेकाे हाे ।

कुवेतले पेनाल्टि मिस गरेका कारण नतिजा अाफ्नाे पक्षमा पार्नबाट चुक्याे । नेपालले समेत थ्रुप्रै माैका पाएपनि त्यसलाइ सदुपयाेग गर्न सकेन । कुवेतका सामु नेपाली मिडफिल्ड र स्ट्राईकीगं लाईन कमजोर देखिए पनि किरणले पोष्टको उत्कृष्ट रक्षा गर्दा कुवेत गोल गर्न असफल रह्यो ।अब नेपालले दाेस्राे खेल मार्च २५ मा खेल्ने छ ।

 

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया