काभ्रेमा संकटकालको स्मरण हुनेगरी प्रहरीले एकतर्फी गोली चलाएर गलत प्रचार गर्योः नेकपा(बिज्ञप्तीसहित)

गिरफ्तार नेता कार्यकर्ता रिहा नगरे जनप्रतिरोधको कार्बाही अघि बढाउने नेकपाको चेतावनी


चैत्र ७ काठमाण्डौं ।

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)ले काभ्रेमा प्रहरीमाथि गोली नचलाएको प्रस्ट पारेको छ । काभ्रेको रोशी गाँउपालिकाको काफलडाडामा नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको भन्ने झुठो प्रचार गरेको भन्दै बिरोध गरेको छ ।

पार्टीका स्थायी समितिका सदस्य एवं मध्य कमाण्ड ईन्चार्ज हेमन्त प्रकाश वली ( सुदर्शन ) ले निशस्त्र पार्टीका नेता कार्यकर्तालाई समातेर दोहोरो फायरीङको बकबास गरेको भन्दै सबै गिराफ्तार नेता कार्यकर्ता रिहा नगरे जनप्रतिरोधको कार्बाही अघि बढाउने चेतावनी दिएका छन् ।विहिबार एक विज्ञप्ति जारी गरी ईन्चार्ज सुदर्शनले काभ्रेको रोशी गाँउपालिकाको काफलडाडामा संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामागं, नुम बहादुर विक, शिव धिमाल र दिपेन्द्र राईलाई पक्राउ गरी गोली चलाएको बकवास गरिएको भन्दै विरोध जनाएका छन् । सुदर्शनले निहत्था, निशस्त्र अभियानकर्मीहरुले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको बताएका छन् । बिज्ञप्तीमा भनिएको छ, ‘यो झुठ्ठा बकबासले जनयुद्धकालमा लगाईएको संकटकालको स्मरण गराएको छ । ’

अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको स्पष्ट पार्दै नेता सुदर्शनले दलाल पूँजीवादका बिरद्ध आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फि गोली चलाएर जवाफी कार्वाहि गरेको वकबास गरेको बताएका हुन् ।

काभ्रेको उक्त घटनाले संकटकालको स्मरण गराएको भन्दै विज्ञप्तिमा तत्कालै सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र सिआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले गरेको व्यवहारले जनयुद्धकालमा सेनाले भैरवनाथ गणमा गरेको व्यवहारको प्रत्यक्ष अनुभूति भएको भनिएको छ ।

सरकार गृहप्रशासन, सुरक्षा निकाय परिचालन गरेर देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार र अत्याचारलाई लुकाउने र अपराधीहरुलाई संस्थागत गर्ने तिर लागेको दावी पनि विज्ञप्तिमा गरिएको छ ।

हेर्नुहोस् बिज्ञप्ती जस्ताको तस्तै

 

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार