स्वर्गीय गिरिजाप्रसाद कोईरालाको नवौ स्मृति दिवस आज


चैत्र ७ काठमाण्डौं । देशमा पटकपटक प्रधानमन्त्री भएका स्वर्गीय गिरिजाप्रसाद कोईरालाको नवौं स्मृति दिवस आज काग्रेसले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदैछ । शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता स्वर्गीय कोईराला बोल्ड लिडरका रुपमा रहेको नेताहरु बताउछन् ।

यसै सन्दर्भमा जीपी कोईराला मेमेरीयल कलेजले आज आयोजना गरेको कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले स्वर्गीय कोईरालाको १२ बुदे सहमति देखि शान्ति सम्झौता र हतियार व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई मिलाएर लान सक्ने नेता कोईराला हुन भने ।

कार्यक्रममा काग्रेस नेता गगन थापा र भीमसेनदास प्रधानले गिरिजा बाबु नेपालको मात्रै नभएर दक्षिण एशियाकै नेता भएको भन्दै सबैले उनले देखाएको बाटोमा हिड्नु पर्ने बताए ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter