अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटियो


अनील नेपाली/अर्घाखाँची, ६ चैत । 

अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटिएको छ । मालारानीको वडा नम्बर-३ खनदह गुहेली भन्ने ठाउँमा बम भेटिएको हो ।

२ वटा सकेट बम भेटिएको र नेपालीसेनाको टोलीले सुरक्षित ठाँउमा लगेर पड्काएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

रेडियो मालारानी नजिकै रहेको गुफा आसपासमा बम रहेको सुचनाका आधारमा खोज्दा २ वटा सकेट बम भेटिएको र त्यसलाई सुरक्षित स्थानमा लगेर पड्काईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

प्रहरी नायव निरिक्षक घर्तिका अनुसार भेटिएका सकेट बम अहिलेका नभई, द्वन्दकालमै लुकाएर राखिएको पुरानो बम रहेको अनुसन्धानमा पत्ता लागेको हो । बम पड्काउँदा ठुलो आवाज आएको थियो । खनदह बजार र आसपासका क्षेत्रमा केहीबेर खैलाबैला मच्चिएको थियो

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया