पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय राजदुतबीच गोप्य भेटवार्ता ?


चैत्र ६ जनकपुर । पूर्व राजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीबीच गोप्य भेटवार्ता भएको खुलेको छ । आजको राजधानी दैनिका छापिएको खबर अनुसार गत शनिबार चैत्र २ गते जनकपुरको सिता हरण होटलमा राति पौने ११ बजे देखि भेट शुरु भएर ४५ मिटन कुराकानी भएको थियो ।
शाह देश दौडाहामा हिडिरहेका बेला भारतीय राजदुत रेल नेटवर्कको निरीक्षण गर्न भन्दै जनकपुर पुगेका थिए । बुझिए अनुसार ज्ञानेन्द्र शाहले भारत भ्रमण गर्न लागेको र सो विषयमा कुरा भएको हुन सक्ने अनुमान गरिएको छ ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार