माइभ्याली गोल्डकप फुटबलको उपाधि दाउफिन्सले जित्यो


इलाम, ५ चैत । 

क्यामरुनी टोली दाउफिन्सले इलाममा भएको पाँचौ संस्करणको माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ ।

हिमालयन शेर्पालाई २–० गोल अन्तरले हराउँदै दाउफिन्सले नेपाल भ्रमणका क्रममा चौथो उपाधि जितेको हो । ईलाम सदरमुकामस्थित ठुलो टुँडीखेलको मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित हिमालय शेर्पाले सिजनको पहिलो उपाधि जित्नबाट चुकेको हो ।

दाउफिन्सलाई उपाधि दिलाउन यान्निक ओवाना र पेटेङले गोल गरे । उसले दुबै गोल पहिलो हाफमै गरेको थियो । आठौं मिनेटमा यान्निकको गोलबाट अग्रता बनाएको दाउफिन्सले १९ औँ मिनेटमा अर्को गोल थपेको थियो ।

गोल्डकपको उपाधि विजेताले ७ लाख तथा उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पारेका छन् ।  दाउफिन्सले यसअघि पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि जितिसकेको छ ।

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया