चीनले विकास गर्यो एन्टी स्टेल्थ राडार, अमेरीकालाई थप चूनौती ?


चैत्र ५ बेईजिगं । चौतर्फी विकासमा चमत्कार गर्दै गएको चीनले सैन्य क्षमता र प्रविधिमा पनि गुणात्मक विकास गर्दै गएको छ ।
चीनले पछिल्लो पटक विश्वमै अत्याधुनिक रुपमा विकास गरिएको स्टेल्थ फाईटर जेटलाई समेत पछ्याउने र रोक्न सक्ने एन्टी स्टेल्थ राडारको विकास गरेको चीनीया टेलिभिजन सिसिटिभीले सार्वजनिक गरेको छ ।
अमेरीका, रुस र चीन स्वयमले स्टेल्थ फाईटरको विकास गरेका छन् । स्टेल्थ फाईटर जेटलाई राडारले समात्न नसक्ने भनिदै आएको छ ।
चीनले दक्षिणी चीनीया सागरको मामलामा अमेरीका र उसको गठबन्धनबाट सैन्य चूनौती बढीरहेका बेला नयाँ क्षमताको विकास गरेको हो ।
चीनीया वैज्ञानिक लि युआनजीको नेतृत्वमा मल्टिपल टेहरार्ज रेडिएसन राडारको आविस्कार गरिएको जनाईएको छ । सोमबार विज्ञहरुले उक्त सैन्य प्रविधिको अवलोकन गरेका थिए ।
चाईना ईलेक्ट्रोनिक्स ग्रुप कर्पोरेसनले तेराहर्ज रेडिएसन राडार विश्वव्यापी चूनौती बन्ने बताएको छ ।
यो राडारमा वेभलेन्थ हुने र त्यसले विकिरणको रुपहरु र माईक्रोवेभहरुलाई सजिलै पत्ता लगाउने नियन्त्रण गर्ने क्षमता रहेको जनाईएको छ ।
यस राडारले युद्धको स्थितिमा कुहिरो , धुवा र कम प्रकाश भएको ठाँउमा पनि लडाकु विमानहरुलाई आक्रमणको लागि निर्देशित गर्न सक्ने पनि सिसिटिभीले उल्लेख गरेको छ ।
अमेरीकाबाट बढ्दो सुरक्षा चूनौतीलाई लक्षित गर्दै चीनीया सेनाले आफ्नो प्राविधिक क्षमता विस्तार गर्ने क्रममा यसलाई पछिल्लो ठूलो सफलताको रुपमा हेरिएको छ ।

सोम, चैत्र ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter