यूएईबाट काठमाण्डु आउँदै गरेकाे विमान सेकेण्डले दुर्घटना हुनबाट जोगियो !


पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डुतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ ९एएफ २५३० ठोक्किनबाट बचेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘ती दुई विमान ५।५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दियो’ स्रोतले भनेको छ ।

यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोम, चैत्र ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter