लेनिनका भान्सेको नाति रास्ट्रपति पुटिन: यसरी बने विश्वकै शक्तिशाली नेता


विश्वको सबै भन्दा शक्तिशाली नेताको सुचीमा रहदै आएका रुसका राष्ट्रपति भ्लादीमीर पुटिनको जीवनी एक योद्धाको जस्तो लाग्छ । चार पटक रुसको राष्ट्रपति भईसकेका पुटिनको हरेक पाटाहरु सघर्षशील र रोमाञ्चकारी रहेको छ ।
पुटिन एक पौडीवाज, घोड सवार,एडभेन्चर एक्टीभीष्ट जस्ता र मार्सल आर्टका पनि खेलाडी हुन् । उनी साहसीक र रोमाञ्चक कार्यहरुमा रुची राख्दछन् ।
भ्लादीमीर पुटिन रुसको एउटा सामान्य परिवारमा जन्मिएका मानिस हुन् । उनका हजुरवुवा रुसी क्रान्तिका महानायक भ्लादिमीर ईलिच उल्यानोभ लेनिनको कन्ट्री हाउसमा भान्से थिए । पछि तीनै व्यक्ति स्टालीनको पनि भान्से बनेका थिए । अक्टोबर ७ १९५२ मा पुटिनको जन्म भएको थियो ।
सेन्ट पिटेसबर्गमा जन्मिएका पुटिन क्रान्तिकारी बिचारबाट शुरु देखिनै प्रभावित थिए र उनले धर्म मान्दैन थिए । तर १९९० मा आफ्नी पुर्व श्रीमतिको कार दुर्घटनामा मृत्यु र घरमा आगलागी भए पछि उनी आस्तिक घोषणा नगरे पनि अर्थोडक्स चर्चमा नियमित जान थालेका थिए ।


लेनिनग्राद स्टेट युनिभर्सिटीमा कानुनमा ग्राजुएट गरेका पुटिनले १६ बर्ष रुसी अन्तराष्ट्रिय गुप्तचर निकाय केजीबीमा प्रमुखको रुपमा काम गरेका थिए । सन् १९९९ देखि २ पटक प्रधानमन्त्री र राष्ट्रपति गरी झण्डै २० वर्षदेखि निरन्तर सत्तामा रहदै आएका पुटिन कठोर निर्णय लिन सक्ने कडा नेताको रुपमा रुसी जनताको मनमा स्थापित भएका छन् ।

बैबाहिक तथा पारीवारीक जीवनका दृष्टिले लेनिनग्राद विश्व विद्यालयमा पढेकी एयर होस्टेज ल्युडनिवा स्क्रेवनेवासगँ बिबाह गरेर जर्मनमा बसेका थिए । ५ वर्ष त्याहा बस्दा आफूलाई कुटपिट गरेको आरोप श्रीमतिले लगाएकी थिईन् । २ छोरी जन्मिएको अवस्था भए पनि सन् २०१४ मा पुटिन र उनको सम्बन्ध बिच्छेद भएको थियो ।

उनको स्वीजरल्याण्डकी सुन्दरी सहित विभिन्न महिलासगँ नाम जोडेर चर्चा हुने गरेको छ ।
कहिले जंगलमा शिकार खेल्न जाने त कहिले फिसिगं गर्न खोलामा जाने पुटिन कुकुर पालनका पनि शौखिन छन् । उनले घरमा पाल्ने कुकुरको नाम राख्न देशभ प्रतियोगीता गराएका थिए ।

यस पछि उनले बुल्गेरियन सेफर्ड कुकुरको नाम बफी राखेका थिए । उनले निवासमा धेरै उपहारमा प्राप्त जनावारहरु पालेका छन् ।

स्वीजरल्याण्डकी जिम्न्याष्टर एलिनासगँ अफेयर चलेको चर्चा मिडियामा निकै छायो । एलीनाले एउटा छोरी जन्माएकी छन् केही समय पहिला जसको पिता रुसी राष्ट्रपति भएको उनले बताएकी छन् ।

संघर्षमा निडर, साहसिक निर्णय लिन सक्ने र अमेरीकाको डिजाईनमा ध्वस्त भएको रुसको प्रभुत्वलाई फेरी एक पटक विश्वमा पुनस्थापित गर्दै लगेका पुटिन रुसमा सदाबहार लिडर बन्ने सभावना बढी छ । सन् २०१४ मा उनले क्रिमिया लाइ रुसमा बिलय गराए पछी उनको रास्ट्रवाद अझ स्थापित भएको छ ।

 

यस्ताे पुटिनकाे राजनीतिक यात्रा

  • प्रधानमन्त्री (1999)
  • कार्यवाहक राष्ट्रपति (1999-2000)
  • राष्ट्रपति (पहिलाे कार्यकाल) (2000-2004)
  • राष्ट्रपति (दाेस्राे कार्यकाल) (2004–2008)
  • प्रधानमन्त्री (दाेस्राे कार्यकाल) (2008–2012)
  • राष्ट्रपति (तेस्राे कार्यकाल) (2012–2018)
  • राष्ट्रपति कै  रूपमा चौथा कार्यकाल (2018– हालसम्म)

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य व्यक्ति व्यक्तित्व समाचार