कास्मीरमा भीडन्त तीन भारतीय सेना र दुई लडाकुको मृत्यु


एजेन्सी । भारत नियन्त्रित कास्मीरमा यस हप्ता लगातार झडप र भीडन्त जारी छ । हिजो बिहान मात्रै ३ आतकवादी मारेको भारतले दावी गरे पनि अपरान्ह पुनः भएको भीडन्तमा तीन भारतीय सेना र २ लडाकुको मृत्यु भएको सेनाले जनाएको छ ।
ती लडाकु पाकिस्तानबाट घुसपैठ गर्न आएको र भीडन्त भएको सेनाको दावी छ ।
हिजो जनताले र्याली निकालेका बेला विष्फोट हुदा ६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
भारतले कब्जा गरेको कास्मीरमा बहुसंख्यक जनताले भारत विरुद्ध नारा लगाउदै आएका छन् ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया