नेकपा सचिवालयको बैठक आज पनि बस्ने


सत्तारुढ नेकपा सचिवालयको बैठक आज पनि बस्दै छ । बैठक अपरान्ह बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यस अघि हिजो बसेको बैठकले बामदेव गौतमका लागि काठमाण्डौं क्षेत्र नं ७ का रामबीर मानन्धरले राजीनामा दिएर उपनिर्वाचन गर्ने कुरा अस्वीकृत गरेको छ ।
पार्टीको तल्लो तह सम्म हुन नसकेको एकीकरण र सरकारको काम कार्बाहीको विषयमा थप छलफल गरी निर्णय हुने श्रेष्ठले बताए ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया