जोर्डनले ईजरायललाई लिजमा दिएको जमिन फिर्ता माग्ने


जोर्डनका राजा अब्दुल्लाह द्धितीयले ईजरायललाई सन् १९९४ देखि लिजमा सम्झौता गरेर दिईएको जमिन फिर्ता लिने बताएका छन् ।
गुमर र अल बाकरा नामक दुई क्षेत्रमा ईजरायलले कृषि प्रयोजनका लागि ४ सय ५ हेक्टर जमिन लिजमा लिएको थियो ।
राजाको यो घोषणाको अधिकारवादी र नागरिक समाजले स्वागत गरेको छ ।
यो लिज सम्झौता यही २५ अक्टोबरमा सकिदैछ ।

यो भूमि जोर्डन र यहाको जनताको भएको र उनीहरुलाई नै आवस्यक रहेको विषयमा ईजरायललाई जानकारी पठाईएको पनि अधिकारीहरुले बताएका छन् ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया