पत्रकार खासोग्गीको हत्यामा राजकुमारको भूमिका छैनः साउदी विदेश मन्त्री


अमेरीकी अखबार वासिंग्टन पोष्टमा काम गर्ने साउदी पत्रकार खासोग्गीको हत्यामा साउदी अरबका राजकुमारको कुनै भूमिका नरहेको विदेश मन्त्री अदेल अल जुबेरले दावी गरेका छन् ।
पत्रकार हत्या ठूलो गल्ती भएको तर राजकुमार मोहम्मद विन सलमानको कुनै भूमिका नरहेको जुबेरले बताए ।
अक्टोबर २ मा टर्कीको स्तानबुल स्थित साउदी वाणिज्य दुतावासमा खासोग्गीको अपहरण पछि हत्या भएको थियो ।
अनियन्त्रित एजेण्टहरुले हत्या गरेको भन्दै साउदीले विश्व समुदायलाई स्पष्टीकरण दिएको छ ।
पत्रकार खासोग्गी राजकुमार सलमानको आलोचक रहेको बताईदै आएको थियो ।
मन्त्री जुबेरले दोषीमाथि कार्बाही हुने बताएका छन् । साउदीका राजकुमार सलमानले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पसगँ भेटे पछि उक्त प्रतिकृया आएको हो ।
शुरुमा सकुसल दुतावासबाट बाहिरिएको भनेर ढाँटेको साउदीले पछि झगडाको क्रममा मृत्यु भएको बताएको थियो । उनको हत्याको ससारभरबाट विरोध भईरहेको छ ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter