भारतले ल्याउने रुसी सुखोइ ४०० मिसाईल सिस्टमलाई पनि ध्वस्त गर्न सक्ने पाकिस्तानको चेतावनी


पाकिस्तानले भारतले रुससगँ खरीद गर्न लागेको सुखोई ४०० मिसाईल स्टिमले दक्षिण एशियाको शान्ति सन्तुलनमा अस्थीरता पैदा गर्न सक्ने बताएको छ ।
विदेश मन्त्रालयले यस गतिविधिबाट हतियार खरीदको होड बढ्ने भन्दै देशको सार्वभौमिकताको रक्षाका लागि पाकिस्तानले जस्तो सुकै प्रणाली विरुद्ध पनि लड्न सक्ने क्षमताको विकास गरेको दावी गरेको छ ।
देशको रक्षाका लागि पाकिस्तान न्युनतम परमाणु प्रतिरोधात्मक क्षमता विस्तारमा कायम रहने पनि पाकिस्तानले जनाएको छ ।
रुसले हालै ५ अर्ब डलर भन्दा बढीको रुसको अत्याधुनिक मिसाईल प्रणाली सुखोई ४०० खरीद गर्ने सहमति जनाए पछि चीनसगँ ड्रोन सहितको मिसाईल खरीद गर्ने तयारी पाकिस्तानले गरेको छ ।
यस्तै भारतले फ्रान्ससगँ राफेल विमान ल्याउने तयारी गरीरहेका बेला चीनसगँ चालक रहित विमान ड्रोन ल्याउन पाकिस्तानले प्रकृया अघि बढाएको छ ।

शनि, कार्तिक ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter