भारतको पञ्जावमा रेलले किचेर ५० बढीको मृत्यु


भारतको पञ्जाव स्थित अमृतसरमा रावणको पुत्ला दफन गर्न जम्मा भएका भक्तजनहरु मध्य रेलको ट्रयाकमा रहेका कम्तीमा ५० जनाको रेलले किचेर मृत्यु भएको छ ।
आज साझ उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा अन्य सय जना घाईते भएको पनि बताईएको छ । दशहरा मेलामा ठुलो संख्यामा मानिसहरु जम्मा भएको र पुत्ला दहन पछी फर्कने क्रममा रेल अचानक आइपुग्दा यो दुर्घटना भएको हो । मृतकहरुको संख्या बढ्न सक्ने अधिकारी हरुले बताएका छन्

शुक्र, कार्तिक २, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया