लडेर मजदूरको मृत्यु


लहान, २९ असोज ।  सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । 

चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लड्ेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोम, अशोज २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया