कोरियाली प्रायद्वीपमा छिट्टै तनाव अन्त्य हुन्छः राष्ट्रपति मुन


२७ असोज, काठमाडौं ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले कोरियाली प्रायद्वीपमा जारी तनाव छिट्टै समाप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिका र उत्तर कोरियाले प्रयास गरेमा तनाव समाप्त हुने राष्ट्रपति मुनको विश्वास छ ।

उत्तर र दक्षिण कोरियाबीच १९५३ मा युद्ध समाप्त भएपनि अझैसम्म शान्ति सम्झौता भएको छैन ।

बीबीसीसँग कुरा गर्दै राष्ट्रपति मुनले उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई ‘सरल’ व्यक्ति भन्दै उनलाई परमाणु हतियार त्याग्नका लागि मनाउने कोशिस भइरहेको बताउनुभएको छ ।

मुनले उत्तर कोरिया र अमेरिकाबीचको कुटनीति वार्तामा समस्या आउन सक्ने आशंका पनि ब्यक्त गर्नुभयो ।तर वार्ताका क्रममा कुनै अप्ठ्यारो अवस्था आए यूरोपेली देशका नेताहरुले मध्यस्थता गर्न दक्षिण कोरियालाई सघाउने पनि बताउनु भयो ।

यसै वर्ष मुन जेई इन र किम जोङ्ग उनबीच तीन पटक वार्ता भएको छ । मुनले किम जोङ्ग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तामा पनि मध्यस्थताको भूमिका पनि खेलेका छन् ।

उत्तर कोरियाले युद्ध समाप्त गरेको घोषणा गरेमा अमेरिकासँग उसको सम्बन्ध पनि सुधार हुने मुनले बताएका छन् ।

शनि, अशोज २७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया