कास्कीमा नेकपाको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तिब, मादी गाउँपालिकामा सास्कृतिक कार्यक्रम सम्पन्न


कास्की, २० असोज ।
नेपाल कम्युनिस्ट पार्टीले सुरू गरेका ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ अन्तरगत अहिले कास्कीका गाउँ गाउँमा पनि अभियानकर्मी खटिएका छन् ।

कास्कीका नेकपा का नेता–कार्यकर्ता जिल्लाका विभिन्न गाउँँमा पुगेका छन्। अभियान अन्तरगत नेता–कार्यकर्ताहरू कास्कीका हरेक गाउँ र हरेक टोलमा पुगेका हुन् ।

अभियानका क्रममा नयाँ कास्की भनेर परिचय बोकेको मादी गाउँपालिकामा सयौं जनताको सहभागितामा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत अहिले २१ जनाको टिम सो क्षेत्रमा खटिएको कास्कीका नेकपा सेक्रेटरी आक्रोशले जानकारी दिनुभयो ।

विद्यार्थी , युवा ,र चुनुसिल्पा परिवार सहित को अभियान टिमले वाल पेन्टिङ, पोष्टरिङ, अन्तरक्रिया, टोल– पिँढी तथा कोण सभाहरुका साथै सास्कृतिक कार्यक्रमहरु पनि गरेको सेक्रेटरी आक्रोशले बताउनु भयो ।

नेकपा नेता कार्यकर्ताहरुले गाँउ गाँउ पुगेर जनजीविका, राष्ट्रियता, स्वाधीनताबारे जनतामा जागरण फैलाउने, महंगी, भ्रष्टचारी, बिचौलिया, माफिया लगायत असामाजिक तत्वबारे सूसुचित र भण्डाफोर गर्ने, एकीकृत जनक्रान्ति र परिवर्तनको पक्षमा जनआधार निर्माण गर्नेलगायत सामाजिक र राष्ट्रियतासम्बन्धी महत्वपूर्ण मुद्दालाई प्रत्यक्ष रुपमा जनतामाझ लगेर छलफल तथा बहस गरिरहेका छ ।

नेपाल कम्युनिस्ट पार्टीले देशव्यापि रुपमा भदौ १ गतेदेखि सुरु गरेको चार महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ले तिब्रता पाएको छ ।

शनि, अशोज २०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया