
काठमाडौं, असोज ९ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक आज बस्दैछन् । संवैधानिक व्यवस्था अनुसार, मौलिक हकसँग सम्बन्धित कानुन निर्माण पछि एजेण्डाबिहीन प्रायस् भएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।
केही विधेयक प्रमाणित भएको राष्ट्रपति कार्यालयको पत्र र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकबारे राष्ट्रिय सभाबाट प्राप्त पत्रबारे जानकारी दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकले शान्ति विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्झौता छलफल पछि पारित गर्नेछ । यस्तै दिउँसो ३ बजेका लागि बोलाईएको राष्ट्रिय सभामा पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि दफावार छलफल हुनेछ ।
यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मासँग मन्त्रालयको आगामी योजना र कार्यप्रगतिबारे छलफल हुने समिति सचिवालयले जनाएको छ ।
मङ्ल, अशोज ९, २०७५ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४