एसिड र चक्कु प्रहारबाट युवती घाइते


नवलपरासी आश्विन ९।
पुर्वी नवलपरासीको कावासोतीमा एसीड र चक्कु प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती १६ डण्डाहरबासीकी २० वर्षीया शान्ती परियारलाई छिमेकी ३७ वर्षिय बिमल श्रीपालीले एसीड र चक्कु प्रहार गरेका हुन् ।

हिजो साँझं बजारबाट घरतर्फ जाँदै गरेकी परियारलाई बाटोमा एक्कासी आक्रमण भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

घाइते परियारलाई स्थानीयको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको हो । एसिड र चक्कु प्रहार गर्ने बिमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

मङ्ल, अशोज ९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया