अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुन्छ ः डा कोइराला


बुटवल, असोज ७ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गर्नु भएको छ । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उहाँले बताउनु भयो ।

रुपन्देहीको बुटवलमा आज आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले आफू। शेखर कोइराला र सुजाता कोइरालामा एक जना सभापतिमा सहमतिमा आउने बताउनु भएको हो ।

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उहाँले सुनाउनु भयो ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताउनु भयो । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उहाँले स्पष्ट पार्नु भयो ।

चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उहाँको विश्वास छ । उहाँले पार्टी सभापतिको अधिकार पनि विकेन्द्रित गर्नुपर्ने धारणा राख्ुन भयो ।

वर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको उनले आरोप लगाउनु भयो ।

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया