सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले वृद्धि


काठमाडौं असोज ६ ।
सरकारले आजबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ ।

सरकारले सिफारिस गरेको भाडा आज देखि नै लागू हुनेछ । यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ ।

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया