धनगढीमा क्रान्तिकारी पत्रकार संगठनको बृहत अन्तरक्रिया कार्यक्रम हुँदै


७ असोज, काठमाडौं ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालले आइतबार धनगढीमा ‘बृहत् अन्तरक्रिया कार्यक्रम’ गर्दैछ ।

सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा गर्न चुकेको भनेर चौतर्फी आलोचना र आन्दोलित भइरहेको बेला संगठनको आयोजनामा उक्त ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषय अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा जिल्ला र क्षेत्रीय स्तरबाट संचारकर्मी, बुद्धिजीवि, कानून व्यावसायी, अधिकारकर्मी, उत्पीडित समुदाय तथा महिला प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रम धनगढीको विकास होटलको हलमा अहिले ११ बजे हुँदैछ ।

कार्यक्रम असोज २ गते बसेको संगठनको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार केन्द्रीय बृहत् अन्तरक्रिया कार्यक्रम आज धनगढीमा हुन गइरहेको संगठनकी सचिव सिर्जना तिम्सिनाले जानकारी दिएकी छन् ।

यसअघि असोज ४ मा दाङको घोराही, ६ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न गरिसकेको छ । देशैभर कार्यक्रम सम्पन्न गर्ने कार्ययोजना रहेको पनि उनले जानकारी दिएकी छन् ।

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया