प्रेस काउन्सिल नेपालको ४९औं वार्षिकोत्सव सम्पन्न


काठमाण्डौ।
प्रेस काउन्सिल नेपालले एक कार्यक्रमको आयोजना गरी ४९ औं वार्षिक उत्सव भब्यरुपमा मनाएको छ ।
शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्दैै राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामामिडिया हाउस २ सहित १९ जनापत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदानदिएकावरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ ।
प्रेस काउन्सिलकापूर्व अध्यक्षको नाममा स्थापितभएको एक लाखपाँचहजार राशीको प्रेस काउन्सिलगोपालदास पत्रकारिता पुरस्कार र सोही वरावर राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशःवरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौं) र राजबहादुर गुरुङ् (कास्की) पुरस्कृत हुनुभएको छ । त्यसैगरी प्रेस काउन्सिलआचारसंहिता पुरस्कार,भाषागतपत्रकारिता पुरस्कार, साहित्यिकपत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेलीभाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिलक्रियाशीलपत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादबधनुषा, डा.अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, मिमबहादुर रावलकालिकोटलाई प्रदान गरिएको छ । बिधागतपत्रकारिता पुरस्कार अन्तर्गत पदमसागर कक्षपति र अविनश्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशीपत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादवमहिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत हुनुभएको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारजगतलाई मर्यादितबनाउने, नियमन गर्ने एकमात्रअधिकारसम्पन्नआधिकारिक निकाय प्रेस काउन्सिलले पछिल्ला दिनहरूमाआफ्नो कार्यक्षेत्र तथाकार्यक्षमतादुबैमा उल्लेख्य विस्तार गर्दै विश्व प्रेस काउन्सिलमा नेपालको उपस्थितिको साथै दक्षिण एशियाली प्रेस काउन्सिल गठनमा अग्रणी भूमिकानिभाएकोमा खुशीव्यक्त गर्नुभयो ।स्वतन्त्रता निरपेक्ष नहुने भन्दै मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा नेपालीमिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।न्युज ब्रेकको नाममा सत्यतथ्य परीक्षण नगरीसम्प्रेषण गर्ने, प्रायोजित समाचार, कपोलकल्पितश्रोतकानाममाव्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्ने प्रवृत्तिले पत्रकारिता जगत्को स्वच्छता र निष्पक्षतामाथिप्रश्नचिन्ह खडा गरेको उहाँको धारणा थियो ।सूचनामायतिशक्ति हुन्छ कि यसले मर्दै गरेको मान्छेको ज्यानबचाउन सक्छ भने कहिलेकाँहीगलत सूचना सम्पे्रषण भएमानिर्दोष व्यक्तिलाई मृत्युको मुखमा पु¥याउनपनि सक्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगभइरहेकोप्रतिचिन्ताव्यक्तगर्दै पत्रकारिता पेशालाई मर्यादित, अनुशासित र जवाफदेहीबनाउने प्रक्रियामा प्रेस काउन्सिल नेपालले २६ वर्ष पुरानो ऐनको सहारामा जे जतिकार्य गर्दैछ, त्यो निकै प्रशंसनीयरहेको उल्लेख गर्नुभयो । सूचनातथा सञ्चार प्रविधिमन्त्रीगोकुलबाँस्कोटाले विभिन्नआन्दोलनबाट आएका दलहरुबाट प्रेस स्वतन्त्रताहनन् गर्छन भन्ने भन्ने भ्रममानपर्न आग्रहगर्दै मिडिया काउन्सिलबनाउँदैछौं, पत्रकारिता क्षेत्र नियमनमा बस्नैपर्ने र पूर्ण प्रेस स्वतन्त्रताविश्वमाकतै नभएको धारणा राख्नुहुँदैै मन्त्रीबाँस्कोटाले सम्मानिततथा पुरस्कृत सवैलाई हार्दिक बधाई दिनुभयो ।

प्रेस काउन्सिल सदस्यइश्वरीप्रसाद ओझाले सञ्चालन गर्नुभएको कार्यक्रममाकाउन्सिलकाकार्यवाहकअध्यक्षकिशोर श्रेष्ठले मिडियालेगल्ती सच्याउने तत्परता देखाउनु महानकर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणको अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने धारणा ब्यक्त गर्नुभयो ।
नेपालपत्रकार महासंघका अध्यक्षगोविन्दआचार्यलेपत्रकारिता क्षेत्रमा योगदानदिएका महत्वपूर्ण व्यक्तिहरुको सम्मान गरेकोमा काउन्सिललाई धन्यवादव्यक्त गर्नुभयो । कार्यक्रममा सूचनातथा सञ्चार प्रविधिमन्त्रीगोकुलबाँस्कोटा, सरकारी निकायकाप्रमुख, कुटनीतिक नियोगकाप्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया