
काठमाण्डाै ।
सर्वोच्च अदालतले पटक पटक रिहा गर्न आदेश दिदा पनि गृहमन्त्रालयको ठाडो निर्देशनमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई पटकपटक गिरफ्तार गरेर जिल्ला जिल्लामा घुमाइरहेको बेला देशका चारै सुरक्षा निकायका प्रमुखहरुले नेकपाको कार्ययोजना, गतिविधि राजनैतिक कार्यदिशाले निर्देशित राजनीतिक रूपमा चलिरहेकाले राजनीतिक ढंगले नै समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका दर्जनौं नेताहरूलाई विभिन्न बहानामा मुद्दा भिराएर एक जिल्लाबाट अर्को जिल्लाका जेल हिरासतमा राख्न सरकारले निर्देशन दिइराखेपछि चारै सुरक्षा निकायका प्रमुखहरुले नेकपाको कार्यक्रम, गतिविधि राजनैतिक कार्यदिशाबाट निर्देशित रहेकाले राजनीतिक रुपमा समाधान गर्न ब्रिफिङ सरकार समक्ष गरेको बुझिएको छ ।
सरकारले गठन गरेको वार्ता टोलीले सुरक्षा निकायका प्रमुखसँग लिएको सुझावमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तत्काल हेर्दा राजनीतिक कार्यदिशाबाट निर्देशित रहेको ब्रिफिङ गरेको बुझिएको छ ।
यसरी ब्रिफिङ गर्नेहरुमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी र नेपाली सेनाका उच्च अधिकारीहरु रहेको थाहा भएको छ ।
शनि, अशोज ६, २०७५ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४